काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ जना सांसद सर्वोच्च अदालत पुगेका छन् । मंगलबार एमालेबाहेकका सांसद रिट दायरका लागि मंगलबार सर्वोच्च पुगेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेश प्रदेश सभाका एमालेबाहेकका सबै दलले ७४ प्रदेश सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरुले सर्वोच्चमा रिट हालेका छन् ।
आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सुवेदीले सोमबार बिहान झिसमिसेमा यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन् । त्यसपछि मधेशमा ठूलो हंगामा मच्चिएको थियो ।
मुख्यमन्त्री यादवले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आफूले मुख्यमन्त्री नियुक्त गर्न र शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएको स्वीकार गरेका छन् ।
मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएपछि सुवेदी पनि पदमुक्त बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सुवेदीलाई पदमुक्त गरेका हुन् ।














प्रतिक्रिया