उर्जा मन्त्री कुलमान घिसिङ्ले गरे मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान


काठमाडौं l उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको समुपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान गरिएको छ।

मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरी विवाद समाधान गरिएको हो।