बालेन शाहको युट्युब च्यानलबाट ‘झरीपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक…(हेर्नुस् भिडियो)


अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक भएको छ। शनिबार रिलिज भएको गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको छ।

भिडियोमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी, प्रदीप लामासहितका कलाकारहरू देखिएका छन्। विवाहको पृष्ठभूमिमा तयार गीत रमाइलो शैलीको रहेको छ। गीतको शब्द र संगीत रमेश परियारले सिर्जना गरेका हुन्।

गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको हो। मौसम हिमालीले नृत्य निर्देशन गरेका छन् भने छायाँकार बुद्ध थापा हुन्।

फिल्म ‘झरीपछिको इन्द्रेणी’ नागराज इन्टरटेन्मेन्ट प्रालिको निर्माण हो। यसमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय छ। कलाकार बिमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय छ।

निर्मातामा अनिशा सेन्दाङ लिम्बु, सह–निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, सुवास शर्मा रहेका छन्। पटकथा र संवाद निर्देशक अर्जुन घिमिरेसहित गणेश कार्की र विशाल घिमिरेले तयार गरेका हुन्। फिल्म पुस ४ गतेदेखि प्रदर्शनमा आउँदैछ।