देउवा फेरि सक्रिय, भेट्न थाले गुटका नेता


काठमाडौं – सिंगापुरबाट फर्केmलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी राजनीतिमा सक्रिय भएका छन् । १८ दिनसम्म सिंगापुरमा स्वास्थ्य उपचार गरेर शुक्रबार राति स्वदेश फर्केका देउवा शनिबारदेखि नै सक्रिय भएका हुन् ।

देउवाले शनिबार रातिसम्म चण्डोलस्थित निवासमा आफूनिकट पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । शनिबार नै कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो वस्तुस्थितिबारे सभापति देउवालाई ‘ब्रिफिङ’ थिए ।

खड्काले पार्टीको केन्द्रीय समिति बैठक पदाधिकारी बैठक र भएका सहमतिका लागि भएका अन्य प्रयासबारे जानकारी गराएका हुन् । ‘कुरा सकारात्मक दिशातर्फ गइरहेको छ सबै राम्रो छ’ भन्नेबाहेक खड्काले केही कुरा खुलाएका छैनन् ।

देउवा निकट सात पूर्वपदाधिकारीले कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नदिन खड्कालाई दबाब दिँदै आएका छन् । जसकारण एक महिनासम्म चलेको केन्द्रीय समिति बैठकले कुनै निर्णय लिन सकेको छैन । कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । इतर पक्ष चुनावअघि सके नियमित सम्भव नभए विशेष महाधिवेशन गरेर जानुपर्ने पक्षमा छ ।