काठमाडौं – विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् ।
राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्डको उपाधि चुमेकी हुन् ।
कार्यक्रमका प्रमुख निर्णायक पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनु हुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले उपाधि हासिल गरेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपउपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने भएकी छन् ।
प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल भइन्। उनले सेन्ट्रल फेसन स्कुल फेसन आइकनको उपउपाधिलाई पनि आफ्नो बनाइन् । त्यसैगरी, दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वर्ल्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युअर्स च्वाइस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भए । उनीहरुले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
सोही अवसरमा अभिनेत्री पूजा चन्दलाई झण्डै साढे तीन दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पु¥याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्वय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए। सेसेमी लिम्बुले सञ्चालन गरेको प्रतियोगितामा कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए ।














प्रतिक्रिया