काठमाडौं – मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिट सुनुवाइका लागि पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा आइतबार रिटमाथि सुनुवाइ हुन लागेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले बर्दिबासस्थित एक होटलमा एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन् । मुख्यमन्त्री नियुक्ति र शपथ विवादमा परेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट बर्खास्त गरिसकेका छन् । मधेशमा अहिले सुरेन्द्र लाभ कर्ण प्रदेश प्रमुख नियुक्त भएका छन् ।
प्रदेश सभाका ७४ जना सदस्यहरुले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएकाले खारेजीको माग गर्दै सर्वोच्चमा कात्तिक २५ गते मुद्दा दायर गरेका थिए । कात्तिक २६ गते न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुद्दा संयुक्त इजलासमा पठाउने आदेश गरेको हो । सोहीअनुसार आज संयुक्त इजलासमा पेसी चढेर सुनुवाइ हुन लागेको हो ।
मधेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर जनकपुरधाममा एमालेबाहेकका सात दलले विरोध प्रदर्शन जारी राखेका छन् । सात दलले मुख्यमन्त्री यादव उपस्थित कार्यक्रम बहिष्कारको निर्णय गरेका छन् ।














प्रतिक्रिया