पूर्वयुवराज्ञी हिमानीले गरिन् ज्येष्ठ जीवित कुमारीको पूजा अर्चना


काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले ज्येष्ठ जीवित कुमारीको पूजा अर्चना गरेकी छन् । आइतबार बिहान ललितपुरस्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक केन्द्रमा पुगेर उनले नेपालकी सबैभन्दा ज्येष्ठ जीवित कुमारी, धनकुमारी बज्राचार्यको दर्शन तथा पूजाअर्चना गरेकी हुन् ।

बज्राचार्य आजीवन कुमारी हुन् । उनी २०११ सालदेखि कुमारी छिन् । जीवित कुमारीको पूजाअर्चनापछि हिमानीले बज्राचार्यबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइ ।

राजपरिवारले सदीयौंदेखि नेपालको कुमारी परम्परा, सांस्कृतिक आस्था र ऐतिहासिक धरोहरप्रति सम्मान गर्दै आएको छ । हिमानीको यो कदम पनि त्यसकै निरन्तरता हो । ‘यो राजकीय भेटले ललितपुरको प्राचीन कुमारी–परम्परा तथा नेपालका मौलिक सांस्कृतिक मूल्यहरूको संरक्षण, सम्मान र निरन्तरताप्रति राजपरिवारको दृढ प्रतिबद्धता झल्काएको छ,’ पूर्वराजपरिवारले चलाउने सामाजिक सञ्जालमा भनिएको छ ।