काठमाडौं । जेनजी आन्दोलनको दुई महिनापछि एमाले अध्यक्ष केपी ओली काठमाडौंको सडकमा देखिने भएका छन् । ओलीलाई माइतीघरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाइएको छ । राष्ट्रिय युवा संघ नेपालले कार्की ब्याङ्क्वेटमा राखेको युवा जागरण कार्यक्रम बिहान १० बजे शुरु हुने भनिएको छ । आगामी शुक्रबार दिउँसो भृकुटीमण्डपबाट सुरु हुने जुलुसको एमाले अध्यक्ष ओली स्वयंले अगुवाइ गर्ने एमालेले जनाएको छ।
युवा परिचालन,संगठन सुदृढीकरण र राजनीतिक सक्रियताबारे सन्देश दिन निकालिने जुलुसमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट युवा कार्यकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ । एमाले सम्पर्क समन्वय समितिका संयोजक श्यामकुमार बस्नेतले कार्यक्रममा सबैलाई उपस्थित हुन अनुरोध गरेका छन् ।
जेनजी आन्दोलनको सुरुवात पनि माइतीघरबाटै सुरु भएको थियो । दुई महिनापछि ओली पनि माइतीघरमै देखिने अवस्था बन्दैछ । ओलीले जेनजी आन्दोलनको विरोध गर्दै आएका छन् । १० दिन सेनाको सुरक्षाघेरामा बसेर भक्तपुरको गुन्डुमा बस्दै आएका ओली अब भने काठमाडौंकै सहरमा ओर्लिन लागेका हुन् ।












प्रतिक्रिया