काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको निवास बालुवाटार पुगेका छन् । जेनजी आन्दोलनका क्रममा भंगालस्थित आफ्नो निजी निवास आगजनी गरी ध्वस्त भएपछि भण्डारी बालुवाटारस्थित जेठी छोरी उषाकिरणको घरमा बस्दै आएकी छन् ।
सञ्चारमन्त्री खरेल सोमबार साँझ बालुवाटार पुगेर समसामयिक विषयमा कुराकानी गरेका थिए । निजी निवास आगजनी भएपछि भण्डारीको बसोबासबारे खरेलले जानकारी लिएका थिए ।
सञ्चारमन्त्री खरेलले यसअघि पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई पनि उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए । सञ्चारमन्त्री भर्एपछि खरेलले पूर्वराष्ट्रप्रमुखसँग भेटेर राजनीतिबारे छलफल गर्दै आएका छन् ।














प्रतिक्रिया