पत्रकार सुरेश रजककी श्रीमतीलाई सुरक्षण मुद्रण कोषमा रोजगारी


काठमाडौं । गत चैत १५ गते तीनकुने घटनामा जलेर मृत्यु भएका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सरकारले उनलाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको हो।

सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन् । पत्रकार रजकको ०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनमा ज्यान गएएको थियो ।

रजक एभेन्युज टेलिभिजनमा कार्यरत थिए । तीनकुने घटनाको समाचार संकलन गर्ने क्रममा एक घरमा भित्र रहेका बेला उनको जलेर मृत्यु भएको थियो । तीनकुने घटनामा रजकसहित अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।