काठमाडौं । ‘नागरिक बचाऊ दल’ का संयोजक दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ ।
प्रहरीको १७ जनाको टोलीले मंगलबार बिहान साढे १० बजे प्रसाईंको घर पुगेर खानतलासी गरेको थियो । प्रहरीले प्रसाईंको पक्राउपछि भारतसँग जोडिएका नाकासँगै सामाजिक सञ्जालमा साइबर निगरानी बढाएको बुझिएको छ ।
प्रसाईले मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका थिए । त्यसका लागि भारतबाट मान्छे ल्याउने आशंका गर्दै सीमामा निगरानी बढाइएको हो ।
प्रहरीको हिरासतमा रहेका प्रसाईलाई भेट्न दिइएको छैन । प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाऊ दलले आजैबाट संघर्षका कार्यक्रम थालिने घोषणा गरेको छ । दिउँसो साढे १ बजे जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ ।
पाँच दिनमा भ्रष्टाचार हटाउँछु भन्ने प्रधानमन्त्री सुशील कार्कीले ६७ दिन बित्दा पनि कुनै काम गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । हिजो रास्वपा सभापति रवि लामिछानेलाई राति किन समातेको भनेर प्रश्न सोध्ने कार्की सरकारले अहिले आफै प्रसाईलाई पक्राउ गरेको भन्दै उनको आलोचना भइरहेको छ ।














प्रतिक्रिया