दुर्गा प्रसाईलाई लगियो सरकारी वकिलको कार्यालय


काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति सरकारी वकिल कार्यालयमा लगिएको छ ।
मंगलबार बिहानै भक्तपुरस्थित निवासबाट पक्राउ परेका उनलाई अदालतमा म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा बयान लिन लगिएको हो ।

प्रसाईले के विषयमा पक्राउ गरिएको भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रसाईले मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका थिए ।