काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक बुधबार दिउँसो बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो २ बजे बस्ने बैठकमा १० वटा विषयमा छलफल हुनेछ।
बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यको पहलबारे ब्रिफिङ हुने प्रवक्ता मनिष झाले बताए । त्यसमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गराइने भएको छ ।
आजको बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची छ।
बैठकले वाचापत्र कार्यदल विस्तार गर्नेछ। रास्वपाले संविधान परिमार्जनका लागि सुझाव कार्यदलसमेत बनाउँदैछ। आजैको बैठकले संयोजक मनोनयन गरी तत्काल काम सुरू गर्न निर्देशन दिने तयारी गरेको छ।
कार्यदलले केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने तयारीसमेत गरेको छ।
रास्वपाले राजनीति अध्ययन कार्यदल पनि बनाउन लागेको छ। यसको मुख्य काम राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने रहेको छ ।
रास्वपाले जेन–जी युवा लक्षित अभियान चलाउने भएको छ। त्यसबारे आजको बैठकमा छलफल हुने प्रवक्ता झाले बताएका छन् । रास्वपाले आगामी चुनावमा जेनजीलाई समेटेर भाग लिने भएको छ ।














प्रतिक्रिया