काठमाडौं । पछिल्लो समय जेनजी अभिन्यताबीच नै झडप र विवादको अवस्था सिर्जना भएको छ । भदौ २३ र २४ को घटनापछि दुई सातासम्म भूमिगत बसेको जेनजी अभियन्ता मिराज ढुंगानाको टिममाथि बुधबार हातपात भएको छ ।
ढुंगाना र उनकै समूहका साथीबीच विवाद हुँदा काठमाडौंको नक्सालस्थित कार्यालयमा तोडफोड र हातपात गरिएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बुधबार साँझ करिब ६ बजे ढुंगाना समूहका केही व्यक्तिहरू छलफल गर्ने भनेर त्यहाँ पुगेका थिए । परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उनकै समूहबीच आपसमा विवाद भएको बताए ।
कार्यालय तोडफोड र हातपात गर्ने कुनै पार्टीका कार्यकर्ता नभई ढुंगाना समूहकै साथीहरू रहेको खुलेको प्रहरीले जनाएको छ । आक्रमणपछि ढुंगानाले आफ्नो कार्यालय र साथीहरूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।
ढुंगानाले बुधबार साँझ ६ बजे कार्यालयमा आक्रमण भएको, आफ्ना साथीभाइमाथि हातपात भएको र आफ्ना महिला साथीमाथि पनि हातपात भएको भन्दै हामीलाई के गर्न खोजेको भनी प्रश्न गरेका छन् । ढुंगानाले ‘गरी खान देऊ’ अभियानका संयोजक हुन् ।














प्रतिक्रिया