काठमाडौं । कमेडी विथ च्याम्पियन रियालिटी शोका निर्देशक विशाल भण्डारीले आफू एमालेमा आबद्ध नभएको प्रस्टोक्ति दिएका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीको सुरक्षा दस्तामा भण्डारीमा पनि रहेको भन्ने किसिमका समाचार मिडियामा आएपछि उनले त्यसको खण्डन गर्दै आफू कुनै पनि पार्टीमा आबद्ध नभएको दाबी गरेका छन् । कुनै एउटा तस्बिर र भिडियोका आधारमा यस्ता खाले भ्रम नफैलाइदिन उनले आग्रह गरेका छन् ।
भण्डारीले पछिल्लो समय आफूलाई परेको व्यक्तिगत समस्याका कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भेट्न गएको भन्दै अहिले पनि त्यही समस्याका कारण प्रधानमन्त्री कार्यालय गइरहेको पनि प्रस्ट पारेका छन् ।
‘पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालीन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र विभिन्न कार्यालयहरू, नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको थिएँ। जेनजी आन्दोलनपछि पनि त्यही समस्या लियर अहिलेको प्रम कार्यालय र गृहका सथीहरुसँग सम्पर्कमै थिएँ र छु,’ उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।
भण्डारीले ओली मात्र होइन, धेरै ठाउँमा धेरैलाई भेटेको तस्बिर र प्रमाण आफूसँग रहेको उल्लेख गरेका छन् । ‘त्यसैबीच महेश बस्नेतज्यूको घरमा भेटको क्रममा खिचिएको एउटा फोटो भिडियो अनावश्यक रूपमा भाइरल बनाइयो। एकजना व्यक्तिसँग नितान्त व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेको आधारमा म कुनै राजनीतिक धार वा समर्थनमा छु भन्ने गलत बुझाइ नगरिदिनुहोला। आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो। म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ,’ उनले भनेका छन् ।
यसअघि केही ओलीको समर्थनमा बोलेकै कारण गायक कलाकार प्रकाश सपूतको सांगीतिक क्यारियरमै धक्का लागेको थियो । अहिले उनलाई विस्तारै चिर्दै गएका छन् ।














प्रतिक्रिया