काठमाडौं – गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो।
नीतुको मृत्यु भएपछि बाबुल गिरी आफैँ जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए।
प्रहरीका अनुसार गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान दिएका छन्। प्रेमिकाको चाहनालाई समयमै गम्भीरताका साथ नलिएर गल्ती भएको भन्दै उनले अदालतमा समेत पश्चात्ताप व्यक्त गरेका थिए।
अदालतले गल्ती स्वीकार गरिएको अवस्थालाई ध्यानमा राख्दै धरौटी राखेर पुर्पक्ष गर्न आदेश दिएको बताइएको छ।
बाबुल र नीतु केही समयदेखि प्रेम सम्बन्धमा थिए। तर विवाह गर्न अस्वीकार गरेको आरोप लगाउँदै नीतुले कात्तिक १ गते अनामनगरस्थित बाबुलकै स्टुडियोमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्।
उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएकी उनको कात्तिक ७ गते मृत्यु भएको थियो।














प्रतिक्रिया