काठमाडौं – एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ आगामी चैत्र ६ गतेदेखि नेपालसहित विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको पहिलो लुक (फस्टलुक) सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देखाइएको छ।
सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार यस फिल्ममा
सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा, रामजी लमसाल र प्रज्ञान खड्का लगायत कलाकारको अभिनय रहेको छ।
बाल कलाकारका रूपमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीले अभिनय गरेका छन्। म्यूजिक भिडियोमा सक्रिय कलाकार सेडो रियलले यसै फिल्ममार्फत डेब्यू गरेका छन्। फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने पटकथा तथा संवाद रामकाजी घिमिरेले तयार पारेका हुन्।
फिल्ममा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा र अभि वाग्ले, सम्पादन टेकेन्द्र शाह र पोस्टर डिजाइन राकेश दाहालको रहेको छ। निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल हुन् भने मुख्य सहायक निर्देशक रामशरण कोइराला रहेका छन्।
दाजुभाइबीचको मित्रता, जिम्मेवारी, त्याग तथा दाम्पत्य जीवनमा विकसित हुने प्रेमलाई केन्द्रमा राखेर बनेको यो पारिवारिक तथा सामाजिक कथावस्तुको फिल्मले दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।














प्रतिक्रिया