टी–२० विश्वकपमा नेपाल ‘ग्रुप अफ डेथ’ मा


काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ अर्थात् ‘ग्रुप अफ डेथ’ मा परेको छ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालको समूहमा परेका इटालीबाहेक सबै टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । सोही कारण नेपालको अघिल्लो चरणको यात्रा कठिन बन्ने अनुमान गरिएको छ ।

समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह बीमा अष्ट्रेलिया, श्रीलंका, आरल्यान्ड, निम्बावे र ओमान र समूह डीमा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।

तालिकाअनुसार नेपालका सबै खेल मुम्बईमा हुने छ। नेपालको पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्डसँग हुनेछ। दोस्रो खेल इटालीसँग १२ फेब्रुअरीमा, तेस्रो खेल वेस्ट इन्डिजसँग १५ फेब्रुअरीमा र अन्तिम खेल बंगलादेशसँग १७ फेब्रुअरीमा हुनेछ।