काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनिलकुमार शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगल उत्कृष्ट अस्पताल घोषित भएको छ । आव २०७९÷८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा काठमाडौं मेडिकल कलेज चयन भएको हो। आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले अस्पताललाई सामाजिक सुरक्षामा उत्कृष्ट योगदान गरेको भन्दै सम्मान गरेकी छन् ।
‘देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथि उक्लेर काम गर्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै आएका तत्कालीन प्रतिनिधिसभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै गारिब निमुखा बिमारिको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् । शर्माले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका सबैको नोबेल मेडिकल कलेज साथै काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गरेका थिए । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्।
यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ। शर्माकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।














प्रतिक्रिया