बालुवाटारमा एमाले नेताहरूसँग वार्ता गर्दै प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रेस संयोजक राम रावल पनि सहभागी छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको निर्वाचनलगायत समसामयिक विषयमा संवाद थालेकी हुन्। उनले प्रमुख तीन दलका शीर्ष नेतासँग संवाद गर्ने भनिए पनि अझै टुंगो लागेको छैन । एमाले चुनाव नहुने भन्दै सडक आन्दोलनमा छ ।