काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा सहरी विकासमन्त्री कुलमान घिसिङले डा. भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालको निरीक्षण गरेका छन् ।
मंगलबार मन्त्री घिसिङले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माणाधीन २०० शैयाको अन्तर्राष्ट्रियस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् । अस्पतालको मुख्य भवन अन्तिम चरणमा पुगेको छ।

यसअघि उनले कियोजले दमकमा सञ्चालन गरेको बाल अस्पतालको समेत निरीक्षण गरेका थिए । बाल अस्पतालका लागि सरकारबाट ४१ रोपनी जग्गा उपलब्ध गराइएका साथै संघीय सरकारले ११ करोड र बागमती प्रदेश सरकारले एक करोड अनुदान दिने निर्णय गरेका छन्।

मन्त्री घिसिङले निर्माणाधीन अस्पताललाई आवश्यक सरकारी सहयोग सुनिश्चित गर्ने बताउँदै दाताहरूप्रति आभार व्यक्त गरे। डा. कोइरालाले अस्पताल गैरनाफामूलक रहने, सबै वर्गका बालबालिकाले गुणस्तरीय सेवा पाउने र आगामी दिनमा कर्णालीसहित सातै प्रदेशमा बाल अस्पताल विस्तार गर्ने जानकारी दिए ।














प्रतिक्रिया