काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बुधबार औपचारिक घोषणा हुँदैछ ।
आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा उनेपाले घोषणासभा आयोजना गर्दैछ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री घिसिङ हुनेछन् ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।
घिसिङ पहिलोपटक पार्टीमा खुल्न लागेका हुन् । पार्टी राजनीतिमा सक्रिय भए पनि कुलमानले तत्काल मन्त्री पदबाट राजीनामा भने नदिने भएका छन् । उम्मेदवारी मनोनयन दर्ताको दिन उनले मन्त्री पदबाट राजीनामा दिने बताइएको छ ।














प्रतिक्रिया