कांग्रेसको १५औं महाधिवेशनमा सभापतिमा उठ्ने गगन थापाको घोषणा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८ मा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि पहिलोपटक थापाले सभापतिमा उठ्ने घोषणा गरेका हुन् । हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘यक्ष प्रश्न’ मा अन्तर्वार्ता दिँदै थापाले आफू सभापतिको उम्मेदवार भएको बताए । अन्तर्वार्ता बुधबार राति प्रसारण हुनेछ ।

थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्ताव अघि सार्ने जानकारीसमेत गराएका छन् । उनले प्रतिनिधिसभाको चुनावमा आफू कुन क्षेत्रबाट उठ्ने, काठमाडौं महानगरपालिकाका मेयर बालेनसहितका नेताहरूसँगको सम्बन्ध, नयाँ कांग्रेसको प्रारूपलगायत धेरै विषयबारे जानकारी गराउने भएका छन् ।