काठमाडौं । हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न नक्खु कारागार पुगेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले रविलाई कारागार गएर भेट्न लागेको जानकारी गराएका थिए । ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचाअनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं,’ सुधनले लेखेका छन् ।
गुरुङले आफूहरूको सक्रियतामा बालेन र कुलमानलाई एक ठाउँमा ल्याएको दाबी गरेका छन् । तर अहिलेसम्म कुलमान र बालेनबीच संवाद भए पनि एउटै पार्टीमा सामेल हुने टुंगो छैन । नक्खु कारागारमा गुरुङले रविसँग एक घन्टा कुराकानी गर्ने भएका छन् । बालेन, कुलमान र रविलाई एउटै पार्टीमा रहेर चुनावमा जाने गरी गुरुङलगायत सक्रिय भएका छन् । यसो गर्दा पुराना दलको संगठन कमजोर बन्ने र चुनावमा नयाँ दलको सरकार बन्ने उनीहरूको अपेक्षा छ ।














प्रतिक्रिया