काठमाडौं । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदैछन् ।
आइतबार दिउँसो १२ बजे रवि लामिछानेलाई भेट्ने र केही महत्वपूर्ण राजनीतिक संवाद गर्ने उनको भनाइ छ । कुलमान घिसिङको साथ छोडेका सुनार लामिछाने भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । सुनारले आगामी फागुनमा हुने निर्वाचनमा रास्वपासँग तालमेल गरेर जाने बुझिएको छ ।














प्रतिक्रिया