काठमाडौं । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई शपथग्रहण गराएका छन्। आइतबार प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रमुख कर्णले शपथ गराएका हुन् ।
शपथलगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका छन् । यादवले आफ्नो मातृभाषा बज्जिका भाषामा शपथ लिए हुन्।
मुख्यमन्त्री यादवको शपथ ग्रहणसंगै जनमत पार्टीबाट महेशप्रसाद यादव, एकीकृत समाजवादीबाट कनिश पटेल र कांग्रेसबाट जंगीलाल यादवले बिनाविभागीय मन्त्रीमा शपथ लिएका छन्।
मुख्यमन्त्रीसहित कांग्रेसले दुई मन्त्रालय लिने सहमति भएको छ। जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ। मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ।
यादवले बुधबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।














प्रतिक्रिया