काठमाडौं । प्रधानमन्त्ती सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो दुवैबीच भेटवार्ता भएको हो ।
कार्की नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रधानमन्त्री हुन् । भण्डारी पहिलो महिला राष्ट्रपति हुन् । पूर्वराष्ट्रपति भण्डारी आइतबार सिंहदबार पुगेका बेला प्रधानमन्त्री कार्कीसँग भेटवार्ता भएको हो ।
दुवैबीच जेनजी आन्दोलनपछि भएका राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बुझिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी ओलीविरुद्ध असन्तुष्ट छन् । दुवैबीचको भेटवार्तालाई लिएर गुण्डुमा भूकम्प गएको स्रोतले बतायो । प्रधानमन्त्री कार्की ओलीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने मनस्थितिमा रहेको बुझिएको छ ।














प्रतिक्रिया