काठमाडौं । रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुन आवेदन खुला गरेको छ । उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार आइतबारदेखि उमेदवारी आवेदन खुला गरिएको छ ।
आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । विपन्नहरुले पनि आवेदन दिन सक्नेछन्, तर विपन्न आवेदकहरुका लागि भने विपन्नताको परिचय पत्र र सम्बन्धित पार्टी पालिका समितिको सिफारिस पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । रास्वपाले यसअघि समानुपातिकतर्फको उम्मेद्वारका लागि ५० हजार शुल्क तोकिसकेको छ ।














प्रतिक्रिया