काठमाडौं । सडक आन्दोलन रोकेर नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै छन् । दिउँसो ३ बजे सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले प्रसाईको आग्रहअनुसार आज दिउँसो ३ बजेको समय उपलब्ध गराइएको जानकारी दिए । एक साताअघि नै प्रधानमन्त्रीको सचिवालयले प्रसाईलाई भेटवार्तांको पत्र पठाएको थियो । यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए ।
सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्नेलगायतका २७ बुँदे माग बुझाएका थिए । आज प्रधानमन्त्री स्वयमलाई भेटेर उक्त माग राख्ने प्रसाईको तयारी छ । प्रसाईको पार्टीले मंसिर २१ (आइतबार) देखि सडक आन्दोलन गर्ने घोषणा गरेको थियो । तर प्रधानमन्त्री कार्कीले वार्ताका लागि पत्र पठाएपछि हाललाई शान्तिपूर्ण आन्दोलन स्थगित गरिएको छ ।














प्रतिक्रिया