ज्ञानेन्द्र शाहीको नेतृत्वमा आज बृह्त् जनप्रदर्शन गर्दै राप्रपा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जनप्रदर्शन र बृहत सभा आयोजना गर्दैछ । राप्रपाले बिहान ११ बजेदेखि काठमाडौंको रत्नपार्कमा जनप्रदर्शन र बृहत् सभाको आयोजना गर्न लागेको हो ।

राप्रपाले आमनिर्वाचनअगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्नेनवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जीलगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । प्रदर्शनको अगुवाइ नेता ज्ञानेन्द्र शाहीले गर्ने भएका छन् ।

शाहीले जनप्रदर्शनमा सहभागी हुन अपिलसमेत गरेका छन् । राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको जनाएको छ ।