काठमाडौं । आफ्नो जीवनको ३७ वर्षसम्म एउटै विद्यालयमा पढाएर रिटायर्ड भएका शिक्षकलाई विद्यालय र स्थानीयले सम्मानस्वरूप हेलिकोप्टर चढाएर बिदाइ गरेका छन् ।
घटना हो गोरखाको धार्चे गाउँपालिकास्थित श्री गण्डकी माविका प्रधानाध्यापक इन्द्र बहादुर उपरकोटीको ।
नगरकोटी गण्डकी माविको हेडमास्टरबाट बिदाइ हुँदै गर्दा उनलाई अभिभावक र विद्यार्थीले फूलमाला मात्र लगाइदिएनन्, सम्मानस्वरूप हेलिकोप्टर चार्टर गरेर घर पठाए । आफ्नो जीवनको आधा समय विद्यालयलाई दिएको र धार्चेका हजारौं बालबालिकालाई शिक्षा दिलाउन ठूलो भूमिका निभाएको भन्दै उनलाई यस्तो सम्मान गरिएको हो । विद्यालय परिवार र स्थानीयको यस्तो माया पाउँदा शिक्षक उपरकोटी निकै भावक बनेका थिए ।














प्रतिक्रिया