काठमाडौं । एमाले अध्यक्ष केपी ओली पार्टीको राष्ट्रिय महाधिवेशनको चटारोकै बीच पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको निवासमा पुगेका छन् । बिहीबार बिहान उनी पितृशोकमा रहेका श्रेष्ठलाई भेटेर समवेदना प्रकट गर्न ललितपुरको कुपोण्डलस्थित निवास पुगेका हुन् ।
ओलीले श्रेष्ठ परिवारलाई समवेदन प्रकट गर्दै सान्त्वना दिएका थिए । श्रेष्ठका बुबा कुलबहादुर श्रेष्ठको मंसिर १६ गते ९५ वर्षको उमेरमा निधन भएको थियो । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कुलबहादुर पूर्वन्यायाधीशसमेत हुन् । मालपोत कार्यालय स्थापना गर्न डोल्पा पुगेका कुलबहादुर विभिन्न जिम्मेवारीपछि न्यायाधीश अनि सरकारी वकिलसमेत भएका थिए । पछिल्लो समय ओली र श्रेष्ठबीच पटकपटक भेट हुने गरेको छ । परिवर्तित अवस्थामा राजनीतिक निकासका लागि भन्दै दुवैबीच भेटघाट र कुराकानी हुने गरेको नेताहरु बताउँछन् ।














प्रतिक्रिया