नोबेलका गौरव सिंह साउद एमबीबीएसमा काठमाडौं विश्वविद्यालयकै उत्कृष्ठ
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको एमबीबीएस कार्यक्रममा सर्वोच्च नतिजा ल्याउन सफल हुँदै डा. सुनिल शर्माको नेतृत्वमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद ‘उपकुलपति स्वर्ण पदक’का विजेता बनेका छन्।
मंसिर २४ गते सम्पन्न केयूको ३१औं दीक्षान्त समारोहमा सन् २०१८ ब्याचका डा. साउदलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो।
डा. साउदले ८५.४७ प्रतिशत अंक प्राप्त गर्दै काठमाडौं विश्वविद्यालय अंतर्गतका सबै मेडिकल कलेजमध्ये सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेका थिए। समारोहमा काठमाडौं विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सम्माननीय सुशिला कार्की र उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले उनलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गरेका थिए।
काठमाडौं विश्वविद्यालयले वार्षिकरूपमा दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्ने परम्परा सुरु गरेपछि यस वर्षको पहिलो चरणमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट—
- एमडी/एमएस : ७ जना
- एमबीबीएस : ६६ जना
- बीडीएस : ८ जना
विद्यार्थी दीक्षित भएका छन्।
यस्तै, नोबेलमा पहिलोपटक सुरु गरिएको मास्टर्स इन मेडिकल रिसर्च कार्यक्रमका ४ विद्यार्थी पनि १०० प्रतिशत नतिजासहित दीक्षित भएका छन्।
यसअघि पनि नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले एमबीबीएस कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउँदै उपकुलपति स्वर्ण पदक हात पार्दै आएका छन्।














प्रतिक्रिया