चर्चित गायिका ज्योति मगर एमाले महाधिवेशनमा, पूर्णबहादुरलाई मागिन् भोट


काठमाडौैं । चर्चित गायिका ज्योति मगर एमाले महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । चार दिनदेखि जारी एमाले महाधिवेशनमा मंगलबार लोकगायिका मगरको ‘सरप्राइज इन्ट्री’ भएको हो।

गायिका मगर महाधिवेशन प्रतिनिधिको रूपमा नभई एक उम्मेदवारको पक्षमा मत माग्न त्यहाँ पुगेकी हुन्। उनी जनजाति समुदायको झाँकी र ¥यालीमा सहभागी हुँदै नाचेकी थिइन्।

ज्योतिले पूर्णबहादुर गुरुङको पक्षमा मत मागेकी छन् । गुरुङको फोटोसहितको पम्पलेट देखाएर उनले महाधिवेशन प्रतिनिधिलाई भोट दिन आग्रह गरेकी छन् । एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा चुनावी सरगर्मी बढेसँगै आफ्नो पक्षका उम्मेदवारलाई भोट माग्ने क्रम पनि सुरु भएको छ ।

ज्योतिले मत मागेका गुरुङ आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।