काठमाडौं । एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । मंगलबार बिहान ११ बजे तय मतदान एक दिनपछि सरेको हो । अध्यक्षका दाबेदार केपी ओली र ईश्वर पोखरेलेले पहिलोपटक विद्युतीय भोटिङ मेसिनबाट मतदान सुरु गरेका हुन् । ओली र पोखरेल दुवैलाई ४०–४० मिनेट समय लागेको छ ।
ओलीले करिब ४० मिनेटमा सबैलाई भोट हालेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए। उपाध्यक्ष उम्मेदवार विष्णु पौडेलले २५ मिनेट र महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको थियो। यस आधारमा पनि एकजनालाई मतदान गर्न कम्तीमा ३० मिनेट समय लाग्ने देखिन्छ ।
१९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। सबैलाई भोट हाल्न करिब साढे तीन सयपटक बटन थिच्नुपर्छ। एमालेको निर्वाचन कार्यालयका अनुसार आज दिनभर मतदान गर्न समय लाग्नेछ । मतदान सकिएको चार घन्टामा परिणाम सार्वजनिक गर्ने तयारी छ ।














प्रतिक्रिया