एमाले पदाधिकारीमा यस्तो नतिजा आउने निश्चित


काठमाडौं । एमालेको ११औं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर बिहीबार सम्पन्न हुँदैछ । यसपटकको महाधिवेशनले पनि पुरानै अनुहारलाई पदाधिकारीमा निर्वाचित गर्ने प्रारम्भिक नतिजाले देखाएको छ ।

जसअनुसार अध्यक्षमा केपी ओली, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेमध्ये एक, पाँच उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट, पृथ्वी सुव्वा गुरुङ र गुरुप्रसाद बराल निर्वाचित हुने देखिएको छ ।

यस्तै, तीन उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र विष्णु रिमाल आउने देखिएको छ । नौ सचिवमा खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, भानुभक्त ढकाल, पद्माकुमारी अर्याल, राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई, यामलाल कँडेल र छविलाल विश्वकर्मा निर्वाचित हुने निश्चित देखिएको छ ।

अहिलेसम्म पोखरेल समूहबाट गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकुल बासकोटा आउने संकेत देखिएको छ । महासचिवमा पाण्डेले शंकर पोखरेललाई कडा टक्कर दिइरहेका छन् ।