काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि शुक्रबार रुपन्देहीको भैरहवा जाने भएका छन् । शुक्रबार बिहान उनलाई नक्खु कारागार प्रशासनले भैरहवा लैजाने तयारी गरेको छ ।
रविलाई लिन बिहानै पत्नी निकिता पौडेल, रास्वपा नेता हरि ढकाललगायत नक्खु कारागार पुगेका थिए । रविलाई जिल्ला अदालत रुपन्देहीमा पेस गरी बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले दिएको आदेशअनुसार धरौटीमा छाड्ने कागजातमा हस्ताक्षर गराइनेछ । साथै, उनले दुई करोड ७४ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने छ ।
जिल्ला अदालतमा कागज गरेपछि रवि आजै रिहा हुनेछन् । अब उनले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् । सुप्रिम सहकारी ठगीमा जिल्ला अदालतले कायम गरेको बिगोमध्ये आफ्नो भागको बिगो रविले कबुल गरेका हुन् । यदि अदालतले पछि अरु बिगो कायम गरेमा पनि रविले त्यसलाई स्वीकार्ने भएका छन् ।














प्रतिक्रिया