काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको चर्चा चलेसँष्ै प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारीमा जुटेकी छन् । कांग्रेस र एमालेका डेढ सय पूर्वसांसद हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारीमा लागेपछि प्रधानमन्त्री कार्कीले सोमबार बैठक बोलाएकी हुन् । कार्कीले प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् ।
बैठक सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।
निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा छलफल हुने छ ।














प्रतिक्रिया