एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा


काठमाडौं । एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन्। उनकी श्रीमति अनुजा श्रेष्ठलाई भने प्रहरीले पक्राउ गरेको छ।

विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूर गरेको भन्दै महर विरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटी माग गरेको हो भने सोही कसूरमा उनकी श्रीमतिलाई साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक श्रेष्ठले महर एक लाख रुपैयाँ धरौटी बुझार अदालतबाट रिहा भएको बताए ।

महर दम्पती विरुद्ध रश्मिला बमले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । सोही कसूरमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।