रवि लामिछाने र बालेन शाह बीच भेटवार्ता जारी l


काठमाडौँ l राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता जारी छ। भेटमा समसामयिक राजनीतिक विषय, संघ–स्थानीय तहबीचको समन्वय तथा काठमाडौँ महानगरसँग सम्बन्धित विविध विषयमा छलफल भइरहेको बताइएको छ।