काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । मंगलबार बिहान उनी भरतपुर पुगेका हुन् । चितवन जिल्ला अदालतमा तारिख बुझ्न उनी त्यहाँ पुगेका हुन् ।
सोमबार मध्यरातिसम्म काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनसँग भेटवार्ता गरेका रवि बिहानै प्लेनमार्फत चितवन गएका हुन् । यसपछि लगत्तै उनी पोखरा, वीरगन्ज जाने भएका छन् । रविविरुद्ध काठमाडौं, पोखरा, बुटवल, चितवन र वीरगन्जमा सहकारी ठगीसम्बन्धी मुद्दा परेको छ । उनले सोमबार काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका थिए ।
तारिख बुझेपछि रविले आफूलाई एमाले अध्यक्ष केपी ओलीले लगाएको ‘गुन’ तिर्न अदालत धाउनुपरेको भन्दै कटाक्ष गरेका थिए । रवि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएका हुन् । यद्यपि उनीविरुद्ध पाँचवटै जिल्ला अदालतमा मुद्दा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन अवस्थामा छ ।














प्रतिक्रिया