झलनाथ पत्नी चित्रकारको स्वास्थ्य बुझ्न घर पुगे प्रचण्ड र माधव नेपाल


काठमडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘ प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतमा उपचार गराएर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल बुधबार डल्लुस्थित खनाल निवास पुगेका हुन् । उनको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको खनालले जानकारी दिए । स्वदेश फर्किने क्रममा चित्रकारले आफूले हिटलरको ग्यास चेम्बरको कथा पढेको, तर आफैंले भोग्नुपरेको दुखेसो पोखेकी थिइन् ।