काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीका सन्तान अधिकांश विदेशमा सेटल भएको पाइएको छ । जेनजी आन्दोलनका बेला पुराना दल र तिनका नेताका सन्तानलाई नेपोकिड भनेर प्रचार गरिएको थियो । जसकारण भदौ २३ र २४ को आन्दोलन विध्वंशमा परिणत बनेको थियो ।
तर अहिलेको नागरिक सरकारका सन्तानसमेत सबै विदेशमा रहेको उजागर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीका छोरा प्रशान्त सुवेदी परिवारसहित अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । नेपालमा भने सुशीला कार्कीले सुदन गुरुङलाई ‘जेठो छोरो’ बनाएकी छन् । प्रशान्त अमेरिकी नागरिक बनिसकेका छन् ।
कानुनमन्त्री अनिलकुमार सिन्हाका छोराछोरीले युलेन्स पढे । छोरी वकालतमा लागेकी छिन्, छोरा विदेशमा बस्छन् । ऊर्जामन्त्री कुलमान घिसिङका छोरीहरू पासाङ घिसिङ र पेम्बा घिसिङ पनि युलेन्सका प्रोडक्ट हुन् । अहिले विदेशमा बस्छन् । अर्थमन्त्री रामेश्वर खनालले छोरीको नाममै ‘स्वेता सेक्युरिटीज’ नामको ब्रोकर कम्पनी स्थापना गरेका छन् ।
उनकी छोरी पनि विदेशमै बस्छिन् । शिक्षामन्त्री महावीर पुनका दुई छोरीमध्ये एकजना पोखरामै पढ्छिन् । अर्की छोरी बंगलादेशमा एमबीबीएस पढ्दैछिन् । बाँकी मन्त्रीहरूमध्ये पनि एकाधबाहेक अरूका छोराछोरी नेपाल छैनन् । अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू अधिकांश यसअघि सरकारी तलब भत्ता खाएकाहरू हुन् । त्यसैले अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण पनि सार्वजनिक नगरेको बताइन्छ ।














प्रतिक्रिया