अबदेखि कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा, राजनीतिबाट सन्न्यास


काठमाडौं । तत्कालीन माओवादी सचिव एवं हाल नेपाली कम्युनिस्ट पार्टी नेतृ पम्पा भुसालले पनि सक्रिय राजनीतिकबाट अवकाश लिएकी छन् । अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भएकी छन् । फागुन २१ को निर्वाचनका लागि उनलाई ललितपुरबाट प्रत्यक्ष र समानुपातिक सिफारिस गरिएको छ ।

तर भुसालले आइतबार आफूलाई उम्मेदबार सिफारिस गरेकोमा धन्यवाद दिँदै उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी गराएकी छन् । ‘फागुन २१ मा हुने निर्बाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिनँ । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद । तत्कालीन माओवादीको तर्फबाट दुईपटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ ।

त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो । आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्,’ उनले भनेकी छन्, ‘यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेकी छु ।

अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’ भुसालले आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने घोषणा गरेकी छन् । ‘अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।

त्यसैले अपवादबाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ भुसालले भनेकी छन् । अघिल्लो निर्वाचनमा ललितपुर–३ बाट उम्मेदवार बनेकी भुसाललाई रास्वपा उम्मेदवार तोसिमा कार्कीले पराजित गरेकी थिइन् । त्यसअघिको निर्वाचनमा विजयी भएकी उनी मन्त्री बनेकी थिइन् । भुसाल तत्कालीन माओवादीमा सक्रिय राजनीति गर्ने