काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।
रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले रास्वपा र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकले राष्ट्र हितका लागि बृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ ।
राजनीतिक सहमति अनुमाेदन भएसँगै बालेन रास्वपाकाे नेता बनेका छन् । अब उनले आफूलाई स्वतन्त्र भनेर हिँड्न मिल्दैन । २०७९ काे स्थानीय निर्वाचनमा बालेन स्वतन्त्रबाट विजयी भएका थिए । अब उनीविरुद्ध पनि स्वतन्त्र उम्मेदवारी दिन बाटाे खुलेकाे छ । बालेन र रवि अहिले कुलमानलाई रास्वपामा आवद्ध गराउने अभियानमा लागेका छन् । आइतबार रातभर भएकाे छलफल कुनै निष्कर्षमा पुगेन ।














प्रतिक्रिया