काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डे पनि चुनावमा उठ्ने


काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेन रास्वपामा आबद्ध भएपछि महानगरीय सुरक्षा बलका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिने भएका छन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिन पदबाट राजीनामा दिन लागेको बुझिएको छ ।

रास्वपाले आगामी प्रधानमन्त्री भन्दै अगाडि सारिएका बालेन काठमाडौं, महोत्तरी वा झापा ५ मध्ये कुनै एउटा निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । त्यसका लागि उनले माघ पहिलो साता मेयरबाट राजीनामा दिने भएका छन् । बालेनसँगै पाण्डेले पनि पदबाट राजीनामा दिने बताइन्५ । उनले निर्वाचन क्षेत्र भने तय गरिसकेका छैनन् ।

चुनावमा उठ्ने चर्चासँगै राजु पाण्डेको फुली काण्ड फेरि चर्चामा आएको छ । तीन वर्षअघि बालेनकै पहलमा कार्यपालिका बैठकले उनलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायमको जिम्मेवारी दिएको थियो । तर ६ महिनाभन्दा बढी कामु हुन नपाउने कानुनी व्यवस्था छ । पदबाट राजीनामा नदिई चुनावमा उठे मुद्दा लागेर उम्मेदवारी खारेज हुने र यतिन्जेल खाइपाइ आएको सुविधा बेरुजु निस्कने खतरा पनि उत्तिकै छ । बालेनले महानगर छाडेपछि उनी सुरक्षा विभागमै रहिरहन सम्भव नभएपछि उनी सुविधा एकमुष्ठ लिएर राजीनामा दिने मुडमा रहेको स्रोतले बतायो ।