काठमाडौं । रास्वपा र काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनबीचको राजनीतिक सहमति र प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेतासँग छलफल गरेलगत्तै देशमा चुनावी माहोल ह्वात्तै बढेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने दललाई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न दिएको समय आज सकिँदै छ ।
सयवटा दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आजसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् । त्यसका लागि सबै दल आन्तरिक छलफल र बैठकमा जुटेका छन् ।
सोमबार अपराह्नसम्म कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाल, जसपा, लोसपालगायत दलले बन्दसूची बुझाउने भएका छन् । त्यसका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दछै । एमालेले अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिएको छ । नेकपाका संयोजक प्रचण्ड र माधवकुमार नेपालले समानुपातिक बन्दसूची तयार पार्दैछन् । रास्वपाले रवि लामिछाने र बालेनले टुंग्याएको बन्दसूची आयोगमा बुझाउँदैछ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले बन्दसूची तयार पार्नेछ ।
रवि र बालेनको सहमतिकै चर्चा अहिले जनमानसमा छ । दुईबीचको सहमतिले के असर गर्छ भन्नेबारेमा चासो र चिन्ता पनि देखिएको छ । यससँगै उम्मेदवारी घोषणा गर्नेको संख्या पनि बढ्न थालेको छ । अहिले दलहरुलाई उम्मेदवार छान्न भ्याइनभ्याइ छ ।














प्रतिक्रिया