काठमाडौं । चुनावी वातावरण बनाउन भन्दै सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा व्यवस्था बढाउने भएको छ । निर्वाचनको मिति नजिकिँदै गएको र सुरक्षा अवस्था कमजोर भएको गुनासोसँगै गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई थप सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको स्रोतले बतायो ।
तीनैजना पूर्वप्रधानमन्त्रीलाई पछुवा गाडीसहित थप सुरक्षा उपलब्ध गराउन आवश्यक निर्देशन भइसकेको छ । यसअघि जेनजी आन्दोलनको निहुँ देखाएर मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता लिइएको थियो । निर्वाचनमा तोकिएका मतदानस्थलको गतिविधि र सार्वजनिक कार्यक्रम बढ्ने भएकाले आवश्यकताअनुसार अन्यत्र पनि सुरक्षा व्यवस्था थप गरिने स्रोतले जनाएको छ ।
सुरक्षाकर्मी नथपिए चुनावमा जान नसकिने भन्दै देउवा, ओली र प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीसँगको दुई चरणको भेटमा भनिसकेका छन् । उनीहरूको मागमा प्रधानमन्त्री पनि सहमत भएको बताइन्छ । न्यायिक जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी ओलीमाथि लगाएको स्थान हद फुकुवा गरिसकेको छ । अब केही दिनमै ओलीले झापाबाट चुनावी दौड सुरु गर्ने बताइन्छ ।














प्रतिक्रिया