कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार, क–कसले पाए टिकट ?


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार टुंगाएको छ। बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नौ उम्मेदवारको नाम टुंगो लगाएको हो । कांग्रेसले कोशी प्रदेशबाट सुनिल थापा, मधेशबाट धर्मेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ। कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन भएको छ ।

कांग्रेसले आफ्नो भागमा परेको नौजनाको नाम टुंगो लगाएको हो । उम्मेदवार बनाइएका सबै सभापति शेरबहादुर देउवा निकट छन् । थापा केही समयअघि मात्र राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएर बाहिरिएका थिए । नेविसंघका पूर्वअध्यक्ष कर्ण मात्र संस्थापन इतर पक्षका हुन् । बाँकी संस्थापन पक्षका नेता हुन् ।