विशेष महाधिवेशन हुने भएपछि देउवा र शेखरबीच तारान्तार छलफल


काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा जाने भएपछि कांग्रेसमा तरंग सिर्जना भएको छ । पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान भएपछि पार्टी फुट्ने डर नेता कार्यकर्तामा छ ।

यही विषयमा कुरा गर्न नेता डा. शेखर कोइराला कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास महाराजगन्ज पुगेका छन् । दुवैबीच वार्ता भइरहेको छ ।

भेटमा नेता काइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन पहल कदमी लिन आग्रह गरेको स्रोतले जानकारी दियो । कांग्रेसभित्र विशेष र नियमित महाधिवेशन कहिले गर्ने विवाद छ । संस्थापन पक्षले वैशाखमा नियमित महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

इतर पक्षका गगन र विश्वप्रकाशले पुस अन्तिममा विशेष महाधिवेशन आह्वान गरेपछि शेखरले देउवासँग वान टु वान भेटवार्ता गरेका हुन् ।

यदि शेखर गगन र विश्वप्रकाश शर्माको लाइनमा उभिएमा देउवालाई विशेष महाधिवेशनमा जान नैतिक दबाब उत्पन्न हुने भएको छ । तर शेखर देउवासँगै मिलेर गएमा एकीकृत पार्टी नहुने आशंका व्याप्त छ ।